बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • सञ्चारकर्मी पाण्डेको तीज गीत ‘चुरा’ सार्वजनिक [हेर्नुस् भिडियो]
समाचार

सञ्चारकर्मी पाण्डेको तीज गीत ‘चुरा’ सार्वजनिक [हेर्नुस् भिडियो]

सञ्चारकर्मी गणेश पाण्डेको तीज गीत ‘चुरा’ सार्वजनिक भएको छ । हिन्दू महिलाको हरितालिका तीजलाई लक्ष्य गरी पाण्डेले ‘चुरा’ सार्वजनिक गर्नुभएको हो । गायिका सुनिता अधिकारीको स्वर रहेको उक्त गीत युटुबमार्फत सार्वजनिक गरिएको हो । समसामयिक विषयवस्तुलाई उक्त तीज गीतमा समावेश गरिएको छ । शिव हमालको लयमा अधिकारीले सो गीतमा अभिनय गर्नुभएको छ ।

गीतको छायाङ्कन राजेश घिमिरेले गर्नुभएको छ भने सम्पादन विष्णु शर्माले गर्नुभएको हो । प्रकाश भट्टले निर्देशन गर्नुभएको गीत साइन मिडिया प्रालिले बजारमा ल्याएको हो । दोर्दी गाउँपालिका धुसेनीकी अधिकारीले स्कूले जीवनदेखि नै गीत गाउन थाल्नुभएको हो । विसं २०६४ मा एसएलसी उत्तिर्ण गरेपछि उहाँ काठमाडौँ जानुभएको हो । यसबीचमा अधिकारीले पानको मिसी हुकुमको चौकाले’ मेरो लमजुङ घर’ चौबन्दीको तुना’ झलमल झलमल’लगायत गीतमा स्वर दिइसक्नुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै