बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • अस्पतालबाट घर लैजाने भनेको बिरामीलाई सिधै घाटमा किन लगियो ? कसरी बाँचीन् पाल्पाकी नर्मदा ? यस्तो छ वास्तविकता
समाचार

अस्पतालबाट घर लैजाने भनेको बिरामीलाई सिधै घाटमा किन लगियो ? कसरी बाँचीन् पाल्पाकी नर्मदा ? यस्तो छ वास्तविकता

अन्तिम संस्कारका लागि घाटमा लगिएकी पाल्पा रैनादेवी गाँउपालिका–१, सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवालीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ । अन्तिम संस्कारका लागि भनदै घाट लगिएकी ज्ञवालीको तानसेनकै युनाइटेड मिशन अस्पतालमा १० दिनसम्म उपचार भएको थियो । आफन्तकै आग्रहमा अस्पतालले सोमबार दिउँसो अक्सिजन लगाएर बिरामीलाई डिस्चार्ज गरेको थियो ।

वडाध्यक्ष सोमबहादुर दर्लामीका अनुसार अक्सिजन निकालेको आधा घण्टापछि बिरामीको ज्यान गएको हल्ला चलेको थियो । त्यसपछि बिरामीका आफन्तले नर्मतालाई सिधै रिँडी घाट पुर्‍याएका थिए । आधा शरीर पानीमा डुबाएको केही समयपछि बिरामी चल्न र कराउन थालेपछि तत्कालै गुल्मीको रिँडी प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो । स्वास्थ्यकर्मीले धड्कन र नाडी चलेकाले थप उपचारका लागि अस्पताल लान सुझाव दिए । त्यसपछि सोमबार बेलुकी लुम्बिनी मेडिकल कलेज प्रभासमा भर्ना गरी नर्मताको उपचार भैरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार