सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • थसुल्लीले मान्छे बेच्न खोज्दा यस्तोसम्म हालत भयो (भिडियो सहित)
समाचार

थसुल्लीले मान्छे बेच्न खोज्दा यस्तोसम्म हालत भयो (भिडियो सहित)

टमटरको सीता आ आ सिलौटामा पिस्दा आ आ भन्ने छोटो भाइरल भिडियो हास्य टेलिशृन्खला दोबाटेबाटै काटेर छोटो बनाएर हालिएको थियो एकाएक चर्चामा पुगेको थियो । दोबाटेमा थसुल्लीलाई चौतर्फी तारिफ गरिन्छ । सारै राम्रो अभिनय गर्ने उनलाई मौलिक आफ्नै किसिमको अभिनयमा सबैले मन पराएका हुन । हरेन्द्र खत्रीको लेखन निर्देशनमा तयार हुने दोबाटेले हरेक हप्ता मनोरञ्जनका साथमा समाजलाई शिक्षा र सन्देश दिदै आएको छ । अन्य सिरियलमा जस्तो बनावटी देखिदैन ।

दोबाटेमा आफ्नै मौलिक कथा अनि ग्रामीण परिवेशलाई जस्ताको तस्तै उतार्न सक्ने क्षमता भएका निर्देशक खत्रीले समाजले पचाउन सक्ने बिसयलाइ पनि सरल हिसाबले प्रस्तुत गर्छन । धेरैको मनमा बस्न सफल दोबाटेले गौरवमय दुई सय अठ्ठाइस भाग पुर्याएर काठमाडौ भन्दा बाहिर पनि काठमाडौलाई टक्कर दिने सिरियल बनेको छ । पुर्बबाट बनिने टेलिफिल्मले 228 भाग सम्म पुगेर पहिलो ईतिहास पनि रचेको छ । दोबाटेमा कलाकारहरु पनि निर्देशक हरेन्द्र खत्रीले नै गरेका सबै नयाँ अनुहार पुराना बन्दै गएका र स्थापित हुँदै छन ।

यसमा निर्देशक हरेन्द्र खत्री, लक्षणा राई, समीर सुबेदी, आइन्द्र लिम्बू,प्रदीप आचार्य,लक्ष्मी खनाल, सरोज तिमल्सिना,मनोज न्यौपाने, कल्पना कुलुङ, पुर्णकला राई,बिष्णु भट्टराई, निशा घिमिरे, आदि कलाकारहरुको अभिनय देख्न सकिन्छ । यसपालिको दोबाटेमा चेलीबेटी बेचबिखन सम्बन्धि अनि मानव तस्करीलाई समेटिएको छ । धेरैले दोबाटे हास्य टेलिशृन्खला भद्रगोल सङ तुलना पनि गर्ने गर्छन । धेरै जनाले अझै राम्रो पनि भन्छन आखिर कस्तो छ त दोबाटेको नयाँ भाग तल भिडियोमा हेर्नुहोला…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै