बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • प्रदेश नं ५ को लोकसेवा आयोगको अध्यक्षमा भट्टराई
समाचार

प्रदेश नं ५ को लोकसेवा आयोगको अध्यक्षमा भट्टराई

प्रदेश नं ५ को प्रदेश लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराईलाई सिफारिस गरिएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० का स्थायी बासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख हुनुहुन्छ ।

मुख्यमन्त्री शङ्कर पोखरेल संयोजकत्वको तीन सदस्यीय समितिले आज भट्टराईलाई अध्यक्षमा सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।

प्रदेश लोकसेवा आयोग गठनका लागि मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्ष दलको नेता रहेको सिफारिस समिति रहने प्रदेश लोकसेवा आयोग ऐनमा व्यवस्था छ । समितिको सिफारिसको आधारमा प्रदेश प्रमुखले नियुक्त गर्ने सो ऐनमा व्यवस्था छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै