बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • पक्राउ पुर्जी जारी भएपछि फिल्मको छायांकन स्थलबाट रातारात शिल्पा गायब
समाचार

पक्राउ पुर्जी जारी भएपछि फिल्मको छायांकन स्थलबाट रातारात शिल्पा गायब

काठमाडौ । चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्ध बहुविवाह प्रकरणमा प्रहरीबाट पक्राउ पुर्जी बुधबार जारी भएको थियो। सो पुर्जीपछि निर्माता ओझा र अभिनेत्री पोखरेल भूमिगत भएका छन् । यी दुईलाई पक्राउ गर्नका लागि प्रहरीले बिहीबार सबैतिर सर्कुलर जारी गरेको छ ।

यतिबेला निर्माता छविराज काठमाडौंमै छन् । पोखरेल भने भोजुरी फिल्मको छायांकनका लागि धरानमा थिइन् । बुधबार पक्राउ पुर्जी जारी भएपछि फिल्म छायांकन स्थलबाट शिल्पा पनि भुमिगत भएको छायांकन युनिटका एक व्यक्तिले बताएको छ । निर्माता छविराजको जेठी श्रीमती हेमाले छविराज र शिल्पाविरुछ गत आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै