बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
  • होमपेज
  • चितवनमा बसको ठक्करबाट चार पैदलयात्री घाइते
समाचार

चितवनमा बसको ठक्करबाट चार पैदलयात्री घाइते

चितवनमा बसको ठक्करबाट चार पैदलयात्री घाइते भएका छन् । भरतपुरबाट शरणपुरतर्फ जाँदै गरेको ना४ख ३४९९ नंको बसले बिहीबार राति ८ः३० बजे भरतपुर महानगरपालिका–१६ ठूलोगडीमा चार पैदलयात्रीलाई ठक्कर दिएको हो ।

घाइते हुनेहरुमा भरतपुर महानगरपालिका–१६ का वर्ष ३० की प्रतिमा बस्नेत, सोही स्थान बस्ने वर्ष २१ की प्रसमता विक, वर्ष ७ का रसिन मगर र वर्ष २७ की रञ्जु थापा घाइते भएको प्रहरी प्रवक्ता कोइरालाले जानकारी दिनुभयो । घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै