सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • सेतीनदीले बगाउँदा एक बेपत्ता
समाचार

सेतीनदीले बगाउँदा एक बेपत्ता

सेतीनदीले बगाउँदा तनहुँमा आज एक व्यक्ति बेपत्ता भएका छन् । यसरी बेपत्ता हुनेमा जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटार निवासी ६३ वर्षीय हीराबहादुर आलेले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

माछा मार्ने क्रममा आलेलाई नदीले बगाएपछि स्थानीय र प्रहरी टोलीद्वारा खोजीकार्य भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी परिचालन गरिए पनि अहिलेसम्म फेला पर्न सकिएको छैन । उहाँले भन्नुभयो, “वर्षायाम भएकाले नदीको बहाव पनि उत्तिकै बढेकाले खोजतलासको लागि कठिनाइ भएको छ ।”

चर्चामा

सम्बन्धित समाचार

भर्खरै