बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • बाढीले बगाएर बेपत्ता भएका युवक अझै फेला परेन
समाचार

बाढीले बगाएर बेपत्ता भएका युवक अझै फेला परेन

दुई दिनको अविरल वर्षाका कारण सप्तरीको खाँडो खोलामा आएको बाढीले बगाएर बेपत्ता पारिएको एक युवक अझै फेला परको छैन । सप्तरीको रुपनी गाउँपालिका–११ का मोहम्द सलामतका ३४ वर्षीय छोरा मोहम्द नसिर मियाँलाई खाँडो खोलाले बुधबार बगाएको थियो । बाढीले बगाएर खोलामा ल्याएको दाउरा निकाल्न खोज्दा पानीको भेलले मियाँलाई बगाएको थियो ।

त्यस्तै सोमबार कोशी पलारमा भैँसी चराउन गएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का ५५ वर्षीय बालेश्वर मुखिया पनि बेपत्ता भएका छन् । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ स्थित सप्तकोशी नदी पार गर्ने क्रममा उनी बेपत्ता भएका हुन् ।

बेपत्ता भएका मुखिया पनि हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बेपत्ता दुबै जनाको खोजी कार्यलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार