बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
  • होमपेज
  • डुब्दा र पैनीले बगाउँदा दुईको मृत्यु
समाचार

डुब्दा र पैनीले बगाउँदा दुईको मृत्यु

खेतमा जमेको पानीमा डुब्दा र पैनीले बगाउँदा आज झापामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका– १ गोलधाप का ३८ वर्षीय वीरेन्द्र बुढाथोकी र कमल गाउँपालिका– ५ का ६८ वर्षीय काजीबहादुर जोशी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार बुढाथोकी आज बिहानै हिँडेको र घर नर्फकिएपछि खोजी गर्ने क्रममा घर नजिकैको खेतमा जमेको पानीमा डुबेर मृत भेटिएका थिए । त्यस्तै घरबाट गोठ जाने क्रममा चिप्लिएर पैनीमा खसेका जोशीलाई बगाएको प्रहरीले जनाएको छ । उनको शव पाँच किलोमिटर टाढा फेला परेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार