बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
समाचार

पहिरोमा परी १५ को मृत्यु

गुइजोउ, ९ साउनः चीनको दक्षिणपश्चिमी क्षेत्रमा रहेको गुइजोउ प्रान्तका पहिरोमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । स्थानीय समयानुसार बिहीबार बिहान ८ बजेसम्म १५ जनाको शव फेला परेको र अन्य ११ जनालाई उद्धार गरिएको छ । अझै ३० जना वेपत्ता रहेका छन् ।

मङ्गलबार राती ९ः२० बजे सो क्षेत्रमा पहिरो खसेकाले २१ ओटा घर डुबानमा परेको र ५० भन्दा बढी मानिस त्यहाँ फसेकाे उद्धारकर्ताहरूले जानकारी दिएका छन् । बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको उद्धारकर्ताहरूले बताएका छन् । उद्धार गरिएका व्यक्तिको अस्पतालका उपचार भइरहेको छ । –सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार

भर्खरै