आइतवार, मंसिर १२, २०७८ | Sunday 28th November 2021
  • होमपेज
  • प्रेम गीत ३ को नायिका र नायक पहिलोपटक मिडियामा, हेर्नुस् रमाइलो कुराकानी…
समाचार

प्रेम गीत ३ को नायिका र नायक पहिलोपटक मिडियामा, हेर्नुस् रमाइलो कुराकानी…

नेपाली चलचित्रको सफल सिरिज ‘प्रेमगीत’ को तेश्रो भाग निर्माणको तयारीमा रहेको छ सोहि क्रममा चलचित्रका कलाकार नायक नायिका एक साथ् मिडियामा आएका छन । चैत्र २८ गते रिलिज तयारीमा रहेको चलचित्रको लागि यतिबेला जोड-तोडका साथमा तयारी भैरहेको छ । सन्तोष शेन र छेतन गुरुङ्गले संयुक्त रुपमा निर्देशन गरिरहेको चलचित्रको सम्पूर्ण कलाकार फाइनल भैसकेका छन् । चलचित्रको लागि यतिबेला मुख्य कलाकारहरु घोड सवारीको अभ्यास गरिरहेका छन् ।

यहि बिषयमा बोल्दै नव- नायिका क्रिष्टिना भन्छिन्, ‘पहिलोपटक चलचित्रमा सेलेक्ट भए भन्दा नै निकै उत्साहित रहेकी थिए । सेलेक्ट भएसंगै लगातार अभ्यासमा रहेकी छु । मलाई निकै रमाइलो लागिरहेको छ । अभिनेता प्रदिप भन्छन्, ‘सुरुवातमा केहि गाह्रो लागेको थियो । तर लगातारको अभ्यास पछि केही अभ्यस्त भएको छु ।’ चलचित्रमा शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी लगायत पनि मुख्य भूमिकामा रहेका छन् । हेरौ भिडियो कुराकानी:

चर्चामा

सम्बन्धित समाचार