बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझालाई खोज्दै प्रहरी, अदालतले दियो प्रहरीलाई यस्तो निर्देशन
समाचार

नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझालाई खोज्दै प्रहरी, अदालतले दियो प्रहरीलाई यस्तो निर्देशन

काठमाडौँ । नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाको जीन्दगीमा एकपछि अर्को गर्दै नयाँ ट्स्टि आउने क्रम जारी छ । निर्माता छवीले ४ जना श्रीमती जोडेको आरोप प्रत्यारोपका बिच ओझाकी जेठी पत्नी हेमाले बवुविवाहको उजूरी दिएपछि अभिनेत्री शिल्पा सहित दुवैलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले प्रहरीलाई निर्देशन दिएसँगै छवी र शिल्पाको जीन्दगीमा नसोचेको कालो दिन पर्दा अगाडी नै आएको छ । जुन कुनै चलचित्रभन्दा कम छैन ।

निर्माता ओझाकी जेठी पत्नी हेमाले छवि र शिल्पालाई विपक्षी बनाई महानगरीय प्रहरी वृत्त गौशालामा बहुबिबाहको उजुरी दिएपछि सोहि उजूरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको र दुवैको खोजि कार्य अघि बढाइएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

हेमाले छवीको कार्यालयबाट नै उनीहरुको विबाहको दर्ताको कागजात फेला पारेपछि आँफुले कानुनी प्रक्रिया सुरु गरेको उनका ओकीलले बताउँदै आएका छन् । हेमाले आफूले पहिलेदेखि छवी र शिल्पा बिचको सम्बन्धका बारेमा सुनेपनि कतै दर्ता गरिएको प्रमाण फेला पार्न नसकेको र पछि उनीहरु दुईबीचको डिभोर्सको कुरा आएपछि प्रमाण भेटि उजूरी दर्ता गराएको पत्र अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै