बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
  • होमपेज
  • पोखरामा भव्यताका साथ भ्यागुताको बिहे सम्पन्न [भिडियो सहित]
समाचार

पोखरामा भव्यताका साथ भ्यागुताको बिहे सम्पन्न [भिडियो सहित]

पोखरा । मानिसको बिहे हुनु तपाई हाम्रा लागि नौलो हैन । अचम्म मान्नुपर्ने कुरा के नै छ र ? भ्यागुताको बिहे कहिलेकाहीँ सुन्नुभएको होला । त्यस्तै, अचम्मको बिहे भएको छ, पोखरामा। भ्यागुतोको बिहे, त्यो पनि धुमधाम साथ । दुई सय बढी जन्ती, भोजभतेर सहित टीकाटालो । जग्गे सहित पण्डितले हवन गरे। महिलाहरु रत्यौली खेले अनि पुरुषहरु जन्ती गए । त्यसपछि सकियो भ्यागुताको बिहे ।

साउन पहिलो साता बितिसक्दा पनि पर्याप्त पानी नपरेर धान रोप्न नपाएपछि वर्षाका देवता ईन्द्रदेव खुसी पार्न किसानले भ्यागुताको बिहे गरिदिएका हुन्। पोखरा ३२, मालेपाटनका किसानले एकजोडी भ्यागुतालाई सिंगारेर बिहे गराएका हुन् । बाँकी समाचार भिडियोमाः

चर्चामा

सम्बन्धित समाचार