बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • ‘प्रतिपक्ष पटक–पटक सरकार बदलियोस् भन्ने चाहन्छ’
समाचार

‘प्रतिपक्ष पटक–पटक सरकार बदलियोस् भन्ने चाहन्छ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रतिपक्षले पटक पटक सरकार बदलियोस् भन्ने चाहेको बताउनुभएको छ । आज बेँसीशहरमा ४१औँ पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले आफू सत्तामा जाने अवस्था आउने हुँदा प्रतिपक्षले सरकालाई कमजोर बनाउने गतिविधि गर्ने गरेको बताउनुभयो । एकात्मक दलका पूँजीवादीले दक्षिण एशियामा युद्ध भड्काउन खोजिरहेको चर्चा गर्दै उहाँले त्यो अवस्था प्रति बेलैमा सजग बन्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पुष्पलालले नयाँ जनवादको नारा उठाउनु भएकाले अन्तिम घडीसम्म पनि त्यसलाई छोड्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँले चिनियाँ क्रान्तिलाई नजिकबाट हेर्नुभयो र त्यसलाई संस्लेषण गरी अघि बढ्नुभयो, नेपाली कम्युनिष्ट आन्दोनलाई उचाइमा पु¥याउनुभयो, त्यसैले उहाँको योगदानलाई हामीले सम्झिरहनुपर्ने छ ।” नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारीलगायतले पुष्पलालको जीवनी, व्यक्तित्व र योगदानको चर्चा गर्नुभएको थियो ।

चर्चामा

सम्बन्धित समाचार