बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
  • होमपेज
  • बालिकामाथि यौन दुव्र्यवहार गर्ने पक्राउ
समाचार

बालिकामाथि यौन दुव्र्यवहार गर्ने पक्राउ

नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित दुई बालिकालाई करणी र बालयौन दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ घर भएका २६ वर्षीय ध्रुब राई विगत केही वर्षदेखि नुवाकोटमा पुनःनिर्माण पछिका घर बनाउने काम गर्दै आइरहेका थिए ।

सोही काम गर्ने क्रममा गत शुक्रबार ११ वर्षीया बालिका खेलिरहेका बेला घरमा कोही नभएको समय पारी पीडक राईले बालिकालाई यौनदुव्र्यवहार र करणी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताउनुभयो ।उहाँका अनुसार घटनाको भोलिपल्ट शनिबारका दिन पनि नौ वर्षीया बालिका आफ्नो घर नजिकै खेल्न जाने क्रममा बाटोबाट तानेर बारीमा लगी यौन दुव्यवहार गरेका थिए ।

पीडित दुवै बालिका दिदीबहिनी रहेका प्रहरीले जनाएको छ । पीडक राईले दुवै बालिकामाथि गरेको यौन दुव्र्यवहारका बारेमा राति ती बालिकाले सुत्ने क्रममा आमालाई घटनाका बारेमा भनेपछि पीडितपक्षले प्रहरीमा उजुरी दिएको प्रहरी निरीक्षक फुयाँलले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार