मङ्लबार, मंसिर २१, २०७८ | Tuesday 7th December 2021
  • होमपेज
  • आक्रमणमा परी सख्त घाइते भएकी आरतीको दुई महीनापछि होस खुल्यो
समाचार

आक्रमणमा परी सख्त घाइते भएकी आरतीको दुई महीनापछि होस खुल्यो

आक्रमणमा परी सख्त घाइते भएकी झापाको मेचीनगर नगरपालिका–१० की आरती चौहानको दुई महीनापछि होस खुलेको छ । गत जेठ ८ गते राति मेचीनगर–१० का ३५ वर्षीय सुरज श्रेष्ठ र ३१ वर्षीय नवराज गिरीले चौहानलाई धारिलो हतियारले टाउकामा प्रहार गरी सख्त घाइते बनाएका थिए । दुवै जनालाई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ । घाइते चौहानको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।

अभियुक्त श्रेष्ठ र गिरीविरुद्ध ज्यान मार्ने उद्योग र डाँका मुद्दा दर्ता भएको थियो । चौहानका पति ओमकुमार बुढाथोकीले घटना भएकै दिन रु एक लाख ४० हजारको धनमाल डाँका गरेको जाहेरीसमेत प्रहरीमा दिएका थिए । बुढाथोकीले आरतीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको बताउनुभयो । उनलाई हाल सामान्य कक्षमा राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार