बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • साउन महिनाको पहिलो सोमबार शिवजीको ब्रत किन बस्ने ? यस्तो छ खास कारण
समाचार

साउन महिनाको पहिलो सोमबार शिवजीको ब्रत किन बस्ने ? यस्तो छ खास कारण

हिन्दु परम्परा अनुसार साउन महिनाको पहिलो सोमबार हरेक महिलाहरु ब्रत बसेका हुन्छन् । विाहि नारीहरु आफ्नो पतिको आयु लामो होस र शुख शान्तले जीवन बिताउनको लागि र अविवाहित नारीहरुले शिवजी जस्तो बर पाउनका लागि ब्रत बसेका हुन्छन् । यो विषेश गरेर धेरै महिलाहरुले गरेका हुन्छन् ।

साउन महिनाको पहिलो सोमबार, हिन्दु महिलाहरुले भगवान शिबको पुजा आराधना गरी मनाउने गर्दछन् । सोमबार देशभरका शिवालयहरुमा ब्रत बसी शिबको पुजा आराधना गर्ने महिलाहरुको घुइचो लागेको हुन्छ । हरेक शिव जीको मन्दिरमाशिवालयमा ब्रतालु महिलाहरुको घुइचो लागेको हुन्छ । बिशेषगरी सोमबारको ब्रतमा महिलाहरु रातो सारी, हरियो चुरा, पोते अनि हातमा मेहेन्दी लगाएर ब्रत बसेका हुसन्छन् ।

साउने सोमबारको ब्रत बसेकाहरुका श्रद्धालुहरुले नजिकको शिव मन्दिरमा पूजा आजा गरेर व्रत समापन गर्दैर्छन् । हिन्दू नारीहरुले साउन महिनाको पहिलो सोमबारदेखि ब्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एक महिने ब्रत समापन गर्दछन् । चुरा र मेहन्दी लगाएर ब्रत बसेमा शिव खुसी भई आफुले चाहेको इच्छा पुरा हुने धार्मिक विश्वास छ ।

चर्चामा

सम्बन्धित समाचार