आइतवार, मंसिर १२, २०७८ | Sunday 28th November 2021
  • होमपेज
  • औषधिले रियाक्सन गरेर जिन्दगी नै बर्वाद । आँखा देख्दैनन्, अक्सीजन नलगाई बाँच्नै सक्दैनन्, आर्यन भन्छन् – किड्नी बेचेर भएपनि मलाई बचाउनुहोस…
समाचार

औषधिले रियाक्सन गरेर जिन्दगी नै बर्वाद । आँखा देख्दैनन्, अक्सीजन नलगाई बाँच्नै सक्दैनन्, आर्यन भन्छन् – किड्नी बेचेर भएपनि मलाई बचाउनुहोस…

यी हुन् ७ वर्षिय आर्यन परियार । २ वर्ष पहिला सामान्य ज्वरो आएपछि यीनलाई आमा शान्ति परियारले मेडिकलमा लगेर औषधि ल्याएर खुवाइन् । तर उनले छोरालाई निको होला भनेर ख्वाएको औषधि विषको रुपमा परिणत भैदियो जसका कारण भविश्यमा डाक्टर बन्ने सपना देखेका आर्यनको यस्तो अवस्था आयो ।

विरामी भएर औषधि खुवाएपछि उक्त औषधिले रियाक्सन गरेर आर्यनलाई यस्तो भएको काठ्माण्डौ लगेपछि मात्र थाहा पाइन् शान्तिले पोखरामा निमोनिया र ठेउला आएको भनेका थिए डाक्टरले औषधिको कारण यस्तो भएको भन्ने कसैले भनेनन् र थाहा नै पाएनन् तर काठ्माण्डौ लगेपछि बल्ल थाहा भयो औषधिले यस्तो भएको रहेछ ।

अहिले आर्यन २४ सै घण्टा अक्सिजन लिएर बाँचीरहेका छन् । उनले आँखा देख्न सक्दैनन् । यति सानो उमेरमा यस्तो दुख खेप्नुपरेपनि आर्यनको निको भएर डाक्टर अनि गायक बन्ने सपना अझै छ । उनले आफ्नी आमालाई भन्दा रहेछन्, ममी मलाई ऋण गरेर बचाउनुहोस, मलाई तपाईको किड्नी बेचेर भएपनि बचाउनुहोस ।

डाक्टरका अनुसार आर्यनको फोक्सो सुकेको छ । उनको फोक्सो प्रत्यारोपण गर्नुपर्छ । अहिलेसम्म आर्यनको उपचारको लागि ८० लाख बढी खर्च भईसकेको शान्तिले बताएकी छन् । छोराको उपचारका लागि घरखेत सबै धितो राखेका छन् । शान्तिका श्रीमान खाडी मुलुकमा काम गर्न गएका छन् । घरमा छोराको अवस्था यस्तो हुदा पनि खाडीबाट रगत र पसिना गरेर उनले पठाएको रकमले अहिलेसम्म आर्यनको उपचार भईरहेको छ तर अब लोन र उपचार गर्न कमाएको पैसाले पुर्याउनै नसकीने अवस्था आएको शान्ति बताउछीन् ।

हेर्नुहोस आर्यन र शान्तिसंग गरीएको यो कुराकानी :

चर्चामा

सम्बन्धित समाचार