आइतवार, मंसिर १२, २०७८ | Sunday 28th November 2021
  • होमपेज
  • सर्पले डस्दा महोत्तरीमा एक जनाको मृत्यु
समाचार

सर्पले डस्दा महोत्तरीमा एक जनाको मृत्यु

महोत्तरीको बर्दिवास नगरपालिका–२ मा सर्पले डस्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ४५ वर्षीय शिवनाथ महतो रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

बर्दिवास–४ मा चिया पसल सञ्चालन गर्दै आएका महतोलाई पसलमै सर्पले डसेको हो । उनको उपचारका क्रममा बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा मृत्यु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार