बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
  • होमपेज
  • मूर्ति तोडफोडमा संलग्नलाई कारवाहीको माग
समाचार

मूर्ति तोडफोडमा संलग्नलाई कारवाहीको माग

देश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले राजमार्गमा स्थापना गरिएका बुद्धमूर्ति तोडफोडमा सङ्लग्नलाई कारवाहीको दायरामा ल्याउन प्रशासन गम्भीर हुनुपर्ने बताउनुभएको छ । प्रदेश सरकारको आयोजनामा शुरु भएको लुम्बिनी भ्रमण वर्ष २०७६ का अवसरमा तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रमा पर्ने सिद्धार्थ राजमार्गमा स्थापना गरेका बुद्धका मूर्तिमध्ये पाँचवटा मूर्ति अज्ञात समूहले बुधबार राति तोडफोड गरी क्षति पुर्याएका थियो ।

सो घट्नापछि मन्त्री गिरीले आज मन्त्रालयमा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृदय थापा, सशस्त्र प्रहरी प्रहरी उपरीक्षक वसन्त बोगटी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख नवीन अधिकारीसँग छलफल गरी घटनालाई गम्भीर रुपमा लिएर उक्त कार्यमा संलग्नलाई छिटो कानूनी दायरामा ल्याउन आग्रह गर्नुभयो ।

मन्त्री गिरीले शान्तिका अग्रदूत गौतमबुद्धका मूर्ति तोडफोडको घटनाबाट शान्तिप्रिय जनताको भावनामा चोट पुगेको बताउनुभयो । उहाँले बुद्धजन्मस्थलमै यस खालको शान्ति विरोधी गतिविधि हुनुले नकारात्मक सन्देश फैल्याउने भन्दै घटनामा दोषीलाई कारवाही गर्नुपर्नेमा जोड दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै