बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • थसुल्लीलाई श्रीमानले कुटेर नाक भाचेपछी डिभोर्स सम्म कुरो पुग्यो (भिडियो सहित)
समाचार

थसुल्लीलाई श्रीमानले कुटेर नाक भाचेपछी डिभोर्स सम्म कुरो पुग्यो (भिडियो सहित)

दोबाटे हास्य टेलिशृन्खलाले नेपाली हास्य जनतमा सबैलाई मनोरन्जन दिदै आएको छ । हरेन्द्र खत्रीको लेखन निर्देशनमा तयार हुने दोबाटेले हरेक हप्ता मनोरञ्जनका साथमा समाजलाई शिक्षा र सन्देश दिदै आएको छ । अन्य सिरियलमा जस्तो बनावटी देखिदैन दोबाटेमा, आफ्नै मौलिक कथा अनि ग्रामीण परिवेशलाई जस्ताको तस्तै उतार्न सक्ने क्षमता भएका निर्देशक खत्रीले समाजले पचाउन सक्ने अनि जस्तोसुकै बिसयलाइ पनि सरल हिसाबले प्रस्तुत गर्छन ।

लाखौंको मनमा बस्न सफल दोबाटेले गौरवमय दुई सय सत्ताइस भाग पुर्याएर काठमाडौ भन्दा बाहिर पनि काठमाडौलाई टक्कर दिने सिरियल बनेर नेपालमै पहिलो ईतिहास पनि रचेको छ । दोबाटेमा कलाकारहरु पनि निर्देशक हरेन्द्र खत्रीले आफुले उत्पादन गरेका सबै नयाँ अनुहार पुराना बन्दै गएका र स्थापित हुँदै गरेका छन । यसमा निर्देशक हरेन्द्र खत्री, लक्षणा राई, समीर सुबेदी, आइन्द्र लिम्बू, प्रदीप आचार्य, लक्ष्मी खनाल, सरोज तिमल्सिना, मनोज न्यौपाने, कल्पना कुलुङ, पुर्णकला राई, बिष्णु भट्टराई, निशा घिमिरे, आदि कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

यो पालिको दोबाटेमा श्रीमान श्रीमती झगडा गर्नु हुदैन भन्ने सन्देश साथै छबिराज ओझा र शिल्पा पोखरेलको डिभोर्सको कुरालाई कलात्मक हिसाबले देखाइएको छ । धेरैले दोबाटेलाई आजभोली भद्रगोल सङ तुलना पनि गर्ने गर्छन । कतिले त अझै राम्रो पनि भन्छन आखिर कस्तो छ त दोबाटेको नयाँ भाग तल भिडियोमा हेर्नुहोला ।

चर्चामा

सम्बन्धित समाचार