शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • चिसोबाट कसरी बचाउने बालबालिकालाई ? यसो भन्छन् डाक्टर
स्वास्थ्य

चिसोबाट कसरी बचाउने बालबालिकालाई ? यसो भन्छन् डाक्टर

काठमाडौं । राजधानी लगायत मुलुकका अधिकांश भागमा सामान्य वर्षासँगै ह्वात्तै चिसो बढेपछि बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य र हेरचाहमा ध्यान तानिएको छ । चिसोका कारण पछिल्ला दिनमा सरकारी र निजी अस्पताल तथा क्लिनिकमा बालबालिको स्वास्थ्य परीक्षण र भर्ना हुने क्रम बढ्न थालेको छ। बालबालिकालाई चिसोबाट जोगाउन नसकिए निमोनिया, रुघाखोकी र झाडावान्ता लाग्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन चिकित्सकको सुझाव छ ।

योगी नरहरी नाथको शालीक अनावरण
झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई धाम धार्मिक विकास संस्था कोटीहोम परिसरमा योगी नरहरी नाथको शालिक अनावरण गरिएको छ । संस्थाका अध्यक्ष नवलकिशोर दत्तको सभापतित्वमा कोटी होम परिसरमा आयोजना गरिएको एक समारोहका बीच वैद्विक मन्त्रोचारणका साथ योगी नरहरी नाथको शालिक अनावरण गरिएको हो ।

झापा क्षेत्र नं.४ का सांसद एलपी साँवा लिम्बू, प्रदेश सभा सदस्य हिराकुमार थापा, नगर प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाईँलगायतले शालिक अनावरण गर्नुभएको हो । शालिक अनावरणसँगै कोटी हवन शान्ति कलश स्तम्भसमेत शिलान्यास गरिएको छ ।
पानीको फोहोरासहितको आकर्षक स्थल निर्माणका लागि नगरपालिकाले रु १८ लाख रकम विनियोजन गरेको थियो ।

योगीको अर्ध कदको शालिक ईश्वरकृष्ण महाराजले सौजन्य गर्नुभएको हो । कोटी होम परिसरको भौतिक पूर्वाधार पुनःनिर्माणका लागि संघीय सांसद साँवाबाट प्राप्त रु ५० लाख बजेट खर्च भइसकेको बताइएको छ । कोटीहोम परिसरमा चाँडै क्यामरा जडानका लागि आवश्यक तयारी भइरहेको संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण ओलीले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार