शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • सुधिरको प्रस्तावमा सुनिशाले भनिन ‘ओके छ त’ (भिडियो)
भिडिओ

सुधिरको प्रस्तावमा सुनिशाले भनिन ‘ओके छ त’ (भिडियो)

काठमाडौं – सुधिर श्रेष्ठ र सुनिशा बजगाईं बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपूर्ण ‘ओके छ त’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायिका सुदिता राई र अमेरिकामा रहेका गायक विजय शंखरको सुमधुर स्वर सुन्न सकिन्छ।

गीतलाई गायक विजय शंखर र मुनाल शिशिर कोइरालाले सयुक्त रुपमा लेखेका हुन्। दिपकराज बिश्वकर्माले संगीतवद्द गरेको यस गीतलाई कुशल सिंहले संगीत संयोजन गरेका हुन्। भिडियोलाई उत्तम हुमागाईंले खिचेका हुन् भने शिलन लम्सालले सम्पादन गरेका हुन्।

सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो। भिडियोलाई ‘ड्याडी एण्ड डटर्स’ नामक च्यानल मार्फत सार्वजनिक गरिएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्। भिडियो लिंक:

चर्चामा

सम्बन्धित समाचार