शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • सात वर्षदेखि फरार रहेका अपराधीलाई पक्राउ
फोटो ग्यालरी

सात वर्षदेखि फरार रहेका अपराधीलाई पक्राउ

सिन्धुपाल्चोक, २८ पुस । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सात वर्षदेखि फरार रहेका अपराधीलाई पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०७१ कात्तिक २ गतेको फैसलाले एक वर्ष छ महिना कैद र एक लाख पचास हजार जरिवाना सजाँय भइ फरार रहेका सिन्धुपाल्चोक जिल्ला साविक कुविण्डे गाविस वडा नं ९ र हाल चौतारा साँगाचोकगढी नगरपालिका बस्ने वर्ष ५३ को वासु भन्ने प्रेमप्रसाद सुवेदीलाई पक्रउ गरेको हो । तस्वीरः देवराज सुवेदी, रासस

चर्चामा

सम्बन्धित समाचार