शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
समाचार

राससकर्मी गौतम सम्मानित

गलकोट, २४ पुस । राष्ट्रिय समाचार समिति बागलुङ (गलकोट) समाचारदाता खेमराज गौतम सम्मानित हुनुभएको छ । सिम्रिक कृषि तथा पशु व्यावसायिक सहकारी संस्था बागलुङले आफ्नो सातौँ वार्षिक साधारणसभाका अवसरमा संस्थामा स्थापित कृषि पत्रकारिता पुरस्कारबाट नगदसहित सम्मान गरेको हो ।

सिम्रिक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाको उन्नति, प्रगति र विकासका हरेक क्रियाकलापमा समाचारका माध्यमबाट अतुलनीय योगदान पुर्याएको भन्दै गौतमलाई सम्मान गरिएको हो ।

कृषि क्षेत्रमा कलम चलाउने जिल्लामा क्रियाशील एक पत्रकारलाई संस्थाको स्थापना कालदेखि हरेक वर्ष सम्मान गर्ने कार्यक्रमअन्तर्गत साधारणसभाको अवसरमा गौतमलाई दोसल्ला, सम्मान पत्र र नगदले सम्मान गरेको सिम्रिक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाका अध्यक्ष चुडामणी उपाध्यायले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार