शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • सुदूरपश्चिममा बढ्यो सङ्क्रमण, १५८ थपिए
सुदुर पश्चिम प्रदेश

सुदूरपश्चिममा बढ्यो सङ्क्रमण, १५८ थपिए

बैतडी, २३ पुस: सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । शुक्रबार एकैदिन यस प्रदेशमा १५८ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसअघि बिहीबार एकैदिन १२० र बुधबार ५५ मा सङ्क्रमण देखिएको थियो ।

गत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ३८५ को नमूना परीक्षण गर्दा १५८ जनामा सङ्क्रमण पुष्टि छ । पीसीआरमार्फत ५७ र एन्टीजेनमार्फत १०१ जनामा पुष्टि भएको हो ।

पीसीआरमार्फत महाकाली अस्पतालमा ५१ र सेती प्रादेशिक अस्पतालमा छ र एन्टीजेनमार्फत कैलालीका ५८, कञ्चनपुरका ४०, बझाङ्गका दुई र डडेल्धुराका एकमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर छ जना सङ्क्रमणमुक्त भएका छन् । सो अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण कुनै मृत्यु भएको छैन ।

यसअघि बिहीबार यस प्रदेशमा १२० मा सङ्क्रमण पुष्टि हुँदा छ सङ्क्रमणमुक्त भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ को मृत्यु भइसकेको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार