शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • युवा गायक राईको प्रेम र भावनालाई समेटेको ‘अनलाइन’ सार्वजनिक
मनोरञ्जन

युवा गायक राईको प्रेम र भावनालाई समेटेको ‘अनलाइन’ सार्वजनिक

काठमाडौँ, २१ पुस: युवापुस्ताले सामाजिक सञ्जालमार्फत व्यक्त गर्ने प्रेम र भावनालाई समेटेर तयार पारिएको म्युजिक भिडियो ‘अनलाइन’ सार्वजनिक भएको छ । यस गीतमा स्वर अमेरिकामा बस्दै आएका प्रतिभाशाली युवा गायक प्रवेश राईको छ । गीतमा शब्द सङ्गीतसमेत गायक राईले नै दिनुभएको हो ।

गीतलाई जीआर उप्रेतीले सङ्गीत संयोजन गर्नुभएको छ । अनलाइनमा भएकी प्रेमिकाले नबोल्दा प्रेमीको मनमा आएको छटपटी र दुःखेसो भिडियोमार्फत देखाइएको छ । भिडियो भीम लामिछानेले छायाङ्कन र राजेश शाहले सम्पादन गर्नुभएको हो । म्युजिक भिडियोमा गायक राई, सिर्जना भुजेल र बादल मगरको अभिनय रहेको छ ।

प्रवेश, प्रज्वल र सागरको परिकल्पनामा तयार पारिएको भिडियोलाई ‘ओएसआर डिजिटल’ को आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको छ । आफ्नो पहिलो प्रयासलाई हेरेर एवं सुनेर प्रतिक्रिया दिन गायक राईले आग्रह गर्नुभएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार