शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
मनोरञ्जन

‘म’ मा नरेनको प्रबेश

काठमाडौं, १९ पुष । पछिल्लो समयका ब्यस्त अभिनेता नरेन खड्का ‘म’ नामक फिल्ममा अनुबन्धित भएका छन् । सुवर्ण थापाको निर्देशनमा सोमबारदेखि काठमाडौमा सुटिङ सुरु भएको फिल्ममा नरेन प्रमुख भूमिकामा रहेका छन् । कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुत रहेको ‘म’ को निर्माण घोषणा दुई बर्ष अघिनै भएको थियो ।

कोरोना भाइरसका कारण संसारै ठप्प भएकाले केही दृश्य खिचिएको भए तापनि सो फिल्मको सुटिङ पूरा भएन । अहिले पूरै नयाँ कलाकार तथा प्राबिधिकका साथमा ‘म’ को सुरुदेखिनै सुटिङ थालीएको छ ।

कान्तिपूर फिल्म एकेडेमीका सिइयो प्रकाश पूरीको लेखन रहेको फिल्ममा नरेनका साथमा सविन श्रेष्ठ, निशा अधिकारी, सरोज खनाल, सरिता लामीछाने, रुविना थापा, प्रमोद अग्रहरि, निराजन प्रधान लगायतको अभिनय छ ।

बिमला गुरागार्इँ निर्माता रहेको फिल्मले सामाजीक कथा प्रस्तुत गर्ने जनाउ निर्देशक थापाले दिएका छन् । ‘हमेशा’, ‘परदेशी’ लगायतका सुपरहिट फिल्मका अभिनेता नरेन पछिल्लो समय फिल्मसँगै म्यूजीक भिडियो तथा बिज्ञापनमा समेत ब्यस्त छन् ।

हालै कर्णाली भेकको कथामा ‘बुलाकी’ फिल्मको सुटिङ सकाएका उनले ‘म’ को स्क्रिप्ट तथा टिम मन परेकाले आफू आशावादी रहेको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार