शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • कर्णालीबाटै विसङ्गति हट्नुपर्दछः कृषिमन्त्री शाही
कर्णाली प्रदेश

कर्णालीबाटै विसङ्गति हट्नुपर्दछः कृषिमन्त्री शाही

कर्णाली, ४ पुसः कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले समाजमा भएका विकृति विसङ्गति कर्णालीबाटै हट्नुपर्ने बताउनुभएको छ ।

‘स्वास्थ्य र समृद्धिका लागि सप्तरङ्ग’ भन्ने नाराका साथ शनिबार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘सप्तरङ्ग सात प्रदेशमा हामी’को तेस्रो संस्करण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गीत, सङ्गीतका माध्यमबाट समाजमा सकरात्मक सन्देश गएको छ भन्नुभयो ।

“सप्तरङ्ग कार्यक्रमले कर्णालीको सानसँगै आन्तरिक पर्यटनलाई समेत प्रवद्र्धन गरेको छ”, उहाँले भन्नुभयो, “यसले मानव स्वास्थ्यमा सहयोग पुग्नेगरी भरपुर मनोरञ्जन पनि दिलाएको छ ।”

संस्करणमा आधुनिक गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका मिलन नेवार, अस्मिता अधिकारी, लोकदोहोरी गायक बद्री पङ्गेनी र पपगायक अनिल सिंह, नृत्यकार उषा उप्रेतीलगायतका कलाकारको सहभागिता थियो । (रासस)

चर्चामा

सम्बन्धित समाचार