आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • कोरोनाको खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु
स्वास्थ्य

कोरोनाको खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु

वाग्मती, २१ मङ्सिर: कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो । उनी मिर्गाैला र मधुमेह रोगबाट समेत पीडित थिइन् । उनलाई कारोना सङ्क्रमण हुनु अगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार