शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • हेलिकप्टर दुर्घटनामा दुई पाइलटको मृत्यु
अन्तराष्ट्रिय

हेलिकप्टर दुर्घटनामा दुई पाइलटको मृत्यु

घाँचे । पाकिस्तानको कब्जामा रहेको गिलगिट-बाल्टिस्तानको घाँचे जिल्लाको सियाचेनमा सेनाको उड्डयन हेलिकप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको मृत्यु भएको छ ।

इन्टर-सर्भिस पब्लिक रिलेसन (आईएसपीआर) का अनुसार पाइलटहरू मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेब थिए ।
दुर्घटनापछि खोजी र उद्धार हेलिकप्टर र सेनाको टोली घटनास्थलमा पुगेको छ ।

आईएसपीआरले दुर्घटनाको कारण बताएको छैन । जीबी “मुख्यमन्त्री” खालिद खुर्शीद खानले विज्ञप्तिमार्फत् घटना बारे शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । घटनाको थप विवरण आउँन बाँकी छ । -एएनआई

चर्चामा

सम्बन्धित समाचार