शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • अण्डकोषमा गोलिको छर्रा..राती सिकार खेल्न जाँदा गोली पड्कीयो, ठाउँको ठाउँ मृत्यु (भिडियो सहित)
भिडिओ

अण्डकोषमा गोलिको छर्रा..राती सिकार खेल्न जाँदा गोली पड्कीयो, ठाउँको ठाउँ मृत्यु (भिडियो सहित)

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रकेका १७ वर्षीय रोहन मल्लको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा शिकार खेल्न गएका मल्लको आफैले भिरेको बन्दुक पड्किएर मृत्यु भएको उनिसंगै शिकार खेल्न गएका ४७ वर्षीय सुनबहादुर गुरुङले बयान दिएका छन् ।

गुरुङ्को सो बयानका बाबजुत प्रहरीले उनलाई बन्दुक सहित नियन्त्रणमा लिएको तनहुँका प्रहरी प्रवक्ता डिएसपि युवराज खड्काले बताए । रोहन आफैँले बोकेको बन्दुक पड्किदा उनको मृत्यु भएको बयान सुनबहादुरले दिएको प्रवक्ता खड्काले बताए ।

नियन्त्रणमा लिइएको भरुवा बन्दुकको लाइसेन्स नरहेको जनाइएको छ । दुई जना मात्र शिकार खेल्न गएकाले घटना रहस्यमय हुन सक्ने स्थानीयको अनुमान छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार