आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • थप २०५ मा कोरोना सङ्क्रमण पुष्टि, एकजनाको मृत्यु
Breaking News

थप २०५ मा कोरोना सङ्क्रमण पुष्टि, एकजनाको मृत्यु

काठमाडौँ, १९ मङ्सिर: देशभर पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १० हजार ७४७ जनाको नमूना परीक्षण गरिएको थियो । यससँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २२ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४६ लाख ६२ हजार ६८० र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या सात लाख ४२ हजार २०४ पुगेको छ । पछिल्लो समय थप ४३६ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख चार हजार ५४४ पुगेको छ । निको हुने दर ९७ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ५७ हजार ९३० रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ५०७ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट एकजनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४१ पुगेको छ ।

कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा छ हजार १६३, संस्थागत आइसोलेसनमा ३४४, सघन उपचारकक्षमा १०७ र भेन्टिलेटरमा २८ जनाको उपचार हुँदैछ ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र ललितपुर रहेका छन् भने २०० भन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा सुनसरी, भक्तपुर, कास्की, नवलपरासी (पूर्व), बाँके र कैलाली छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, हुम्ला, मुगु र सल्यान रहेका छन् । (रासस)

चर्चामा

सम्बन्धित समाचार