शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • देशभर २३८ मा कोरोना सङ्क्रमण पुष्टि, पाँचको मृत्यु
Breaking News

देशभर २३८ मा कोरोना सङ्क्रमण पुष्टि, पाँचको मृत्यु

काठमाडौँ, १८ मङ्सिर: देशभर पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा छ हजार ७९७ जनाको पिसीआर परीक्षण गरिएको थियो । यससँगै नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २२ हजार ३९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ५८७ पुगेको छ । पछिल्लो समय थप ३९२ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख चार हजार २०८ पुगेको छ । निको हुनेदर ९७ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट पाँच जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४० पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ३० हजार ६८८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ५४४ रहेको छ । हाल होमआइसोलेशनमा छ हजार ३९७, संस्थागत आइसोलेशनमा ३४७, सघन उपचारकक्षमा १०६ र भेन्टिलेटरमा ३२ जनाको उपचार हुँदैछ । (रासस)

चर्चामा

सम्बन्धित समाचार