शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • रुसमा पछिल्लो २४ घण्टामा ३२ हजार ९७४ नयाँ कोभिड-१९ सङ्क्रमित
अन्तराष्ट्रिय

रुसमा पछिल्लो २४ घण्टामा ३२ हजार ९७४ नयाँ कोभिड-१९ सङ्क्रमित

मस्को, १८ मङ्सिर: रुसमा पछिल्लो २४ घण्टामा ३२,९७४ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ९,७६९,०११ पुगेको संघीय प्रतिक्रिया केन्द्रले शनिबार जनाएको छ।

बितेको २४ घण्टामा रुसका ८५ क्षेत्रहरूमा ३२,९७४ कोभिड-१९ केसहरू पुष्टि भएका छन् जसमा क्लिनिकल लक्षणहरू नभएका २,२३२ केसहरू (६.८%) छन् भने वृद्धि दर ०.३४% रहेको छ। सबैभन्दा धेरै कोरोनाभाइरस केसहरू, ३,३५६ , मस्कोमा पुष्टि भएको थियो। त्यसैगरी सेन्ट पिटर्सबर्गले २,५२८ जनामा सङ्क्रमण भएको जनाएको छ ।

त्यसपछि मस्को क्षेत्रले २,०७५ नयाँ केसहरू दर्ता गरेको छ। प्रतिक्रिया केन्द्रले कोभिड-१९ सँग सम्बन्धित सङ्क्रमणबाट १,२१५ जनाको मृत्यु भएको जनाएको छ । यो सँगै देशमा सङ्क्रमणबाट मृत्यु हुने कुल मृतकको सङ्ख्या २,८०,०७२ पुगेको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार