आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • चितवनमा टिपरको ठक्करबाट महिलाको मृत्यु
समाज

चितवनमा टिपरको ठक्करबाट महिलाको मृत्यु

चितवन, १७ मङ्सिर: नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ ।

लमजुङको राइनास गाउँपालिका घर भएकी अन्दाजी ५५ वर्षीया चन्द्रकुमारी सार्कीको घटनास्थलमानै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०३–००१ प ४२४९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना६ख ६७२७ नम्बरको टिपरले आज दिउँसो ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक विकास नेपाली सामान्य घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार