आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • मिलन नेवारको स्वरमा आकाश श्रेष्ठ तथा नायिका स्वस्तिमा खड्काको अभिनयमा “सपना हजार” सार्वजनिक
भिडिओ

मिलन नेवारको स्वरमा आकाश श्रेष्ठ तथा नायिका स्वस्तिमा खड्काको अभिनयमा “सपना हजार” सार्वजनिक

काठमाण्डौं । नेपाली सांगितिक बजारमा नयाँ– नयाँ सिर्जना सार्वजनिक हुने क्रममा भखरै चर्चित गायिका तथा द भ्वाइस अफ किड्स की कोच मिलन नेवारको आवाजमा रहेको “सपना हजार” गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा अरुणा रुम्बाको शब्द, राजेश थापाको संगीत तथा निरोज लामाको एरेन्ज रहेको छ ।

मायामा सगैं जिउने मर्ने कसम खाएका जोडिको मनोभावलाई गीतमा समावेश गरिएको छ । प्रेम र रोमान्सको भाव समेटिएको उक्त गीत आम दर्शक तथा स्रोताको मनमा बस्ने कुरामा आफु आशावादी रहेको गायिका मिलनले बताइन ।

अमेरिकाको न्युयोर्कमा स्थित मोक्तान डिजिटल मार्फत सार्वजनिक गीतको भिडियोमा नायक आकाश श्रेष्ठ तथा नायिका स्वस्तिमा खड्काले अभिनय गरेका छन ।

बुद्ध थापाको छायाँकन, विकास धमलाको सम्पादन रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन । गीतको भाव अनुसार भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । “सपना हजार” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

चर्चामा

सम्बन्धित समाचार