शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • एकै परिवारका तीनजना मृत अवस्थामा फेला
समाज

एकै परिवारका तीनजना मृत अवस्थामा फेला

भीमेश्वर, १५ मङ्सिरः तामाकोशी गाउँपालिका–२ झुलेमा एकै परिवारका तीनजना सुतेकै अवस्थामा गएराति मृत फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेमा अन्दाजी २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती अन्दाजी २६ वर्षीया अम्बिका तामाङ र उनका पाँच वर्षीय नाबालक छोरी रहेको छौंडे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्णु दाहालले जानकारी दिनुभयो ।

झ्यालबाट नियाल्दा तीनैजना मृत अवस्थामा देखिएकाले घटनास्थललाई सुरक्षित राखिएको उहाँले बताउनुभयो । घटनाको बारेमा आज बिहान स्थानीयवासीले दिएको सूचनाका आधारमा प्रहरीचौकी छौंडेबाट घटनास्थलमा पुगेका प्रहरी टोलीले आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय चरिकोटका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।

मृतकमध्ये अम्बिका पाँच दिनकी सुत्केरी रहेकीले कोइला बालेर सुतेको हुनाले झ्याल ढोका बन्द भएको अवस्थामा निसास्सिएर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार