आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?
अर्थ/वाणिज्य

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौँ, १५ मङ्सिर: आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ५०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार तोकिएको छ । त्यसको मूल्य मङ्गलबार प्रतितोला रु ९१ हजार ४०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २०० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७९ डलर आसपास कारोबार भइरहेको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार