शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • छोरा वा छोरी जन्माउने चाइनिज विधि !
स्वास्थ्य

छोरा वा छोरी जन्माउने चाइनिज विधि !

जो पनि चाहन्छन कि सन्तान आफ्नो इच्छा अनुसार होस् । कसैलाई छोराको रहर हुन्छ भने कसैलाई छोरीको । चिनिया बैज्ञानिकहरुका अनुसार छोरा वा छोरीको छनौट आफ्नो इच्छामा भर पर्दछ । तपाईं छोरा चाहनु हुन्छ कि छोरी ? चिनिया बैज्ञानिकहरुले एउटा चार्ट बनाएका छन र यदि तपाईं चार्ट अनुसार गर्नु हुन्छ भने तपाईंको इच्छा अबस्य पुरा हुनेछ । यो चार्टमा १०० प्रतिसत सत्यता रहेको यो चार्टको उपयोग गर्नेहरु ठोकुवा गर्छन तर बिशेषग्यहरुको भनाइ अनुसार यो चार्टको सत्यता ९९ प्रतिसत छ ।

शुरुमा, चाइनीज विशेषज्ञद्धारा आविष्कार गरिएको यो प्रविधिमा धेरैले शंका गरेका थिए । तपाईंलाई पनि त्यस्तै लाग्न सक्छ । चाइनीज बैज्ञानिकको यो आविष्कार सन्दर्भमा दुविधा भएमा यो क्यालेण्डरलाई यसअघि जन्मिएको तपाईको छोरा–छोरीसँग समिक्षा गर्नसक्नु हुनेछ । त्यसका लागि तपाईको श्रीमती गर्भ रहँदाको उमेर र महिना एकिन हुनु पर्दछ । तपाईको छोरा या छोरी गर्भ रहँदाको अवस्थामा श्रीमतिको उमेर कति थियो ?

कुन महिनामा श्रीमतिले गभर्धरण गरको हो ? अनि यो चार्ट हर्नोर्स ठ्याक्कै मिल्ने छ । छारा नै छोरा र छोरी नै छोरीले भरिएका कैयौं परिवारले यो प्रविधि अपनाएर यतिखेर हाँसीखुशीका साथ जीबन बिताइरहेका छन् । तपाई पनि यो प्रविधि अपनाउनोस्, सुखी र खुशीका साथ जिउनोस् ।

यदि तपाईंलाई पनि आफ्नो इच्छा अनुसारको सन्तान जन्माउने मन छ भने एकचोटी यो चार्टको प्रयोग गरेर हेर्नुहोस् । चार्टमा माथिल्लो पंक्तिमा स्वास्नी मान्छे को उमेर दिईएको छ र अर्को तर्फ जुन महिनामा गर्भधारण भएको छ त्यो महिना देखाइएको छ । ” X ” को प्रयोग छोराको लागि र ” O ” को प्रयोग छोरीको लागि गरिएको छ । चार्टको माथिल्लो तेर्सो हरफमा महिलाको उमेर दिएको छ ।

बायाँतर्फको ठाडो हरफमा महिना दिएको छ । उदाहरणको लागि तपाईको श्रीमति १८ वर्षको छ भने पुस महिनामा गर्भ रहेमा छोरी, माघमा गर्भ रहेमा छोरा, फागुनमा रहेमा छोरी र चैत्रदेखि मंसिर महिना सम्ममा गर्भ रहेमा छोरा हुनेछ । त्यस्तै तपाईको श्रीमति २२ वर्षको छ भने पुस महिनामा गर्भ रहेमा छोरी, माघ र फागुन महिनामा गर्भ रहेमा छोरा, चैत्रमा गर्भ रहेमा छोरी, बैशाखमा रहेमा छोरा हुनेछ ।

यसका लागि तपाईको श्रीमतिको उमेर वास्तविकमा आधारित हुनुपर्नेछ । उमेरमा तलमाथि परेमा तपाईको योजना विफल हुनेछ । तसर्थ, आफ्नो श्रीमतिको उमेर किटान गरेर मात्र छोरा या छोरी जन्माउने निधो गर्नोस् ।

चर्चामा

सम्बन्धित समाचार