आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • पच्चिस किलो चरेससहित महिला पक्राउ
समाचार

पच्चिस किलो चरेससहित महिला पक्राउ

बझाङ, १५ मङ्सिर: प्रहरीले बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छिन् ।

सदरमुकाम चैनपुर नजिकैको डुग्री बजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार