शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • देशभर थप दुईको मृत्यु, २५५ मा कोरोना सङ्क्रमण पुष्टि हुँदा २५६ जना निको
Breaking News

देशभर थप दुईको मृत्यु, २५५ मा कोरोना सङ्क्रमण पुष्टि हुँदा २५६ जना निको

काठमाडौँ, १४ मङ्सिर: देशभर पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा छ हजार ४६९ को पीसीआर परीक्षण गरिएको थियो ।

योसँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २१ हजार ३६६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ४९८ पुगेको छ ।

पछिल्लो समय थप २५६ जना कोरोनाबाट निको भएका छन् । यो सँगै निको हुनेको सङ्ख्या आठ लाख दुई हजार ९०९ पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२६ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय दुई लाख ११ हजार ५५३ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ९३१ रहेको छ । हाल होम आइसोलेसनमा छ हजार ५८९, संस्थागत आइसोलेशनमा ३४२, सघन उपचार कक्षमा ११६ र भेन्टिलेटरमा ३३ जनाको उपचार हुँदैछ । (रासस)

 

 

चर्चामा

सम्बन्धित समाचार