आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • फ्लोरमा गयो नयाँ फिल्म ‘फिदा’
मनोरञ्जन

फ्लोरमा गयो नयाँ फिल्म ‘फिदा’

काठमाडौं– नयाँ नेपाली फिल्म ‘फिदा’ को छायांकन प्रारम्भ भएको छ । गत मंसिर १० गतेदेखि फ्लोरमा गएको यो फिल्म हाल छायांकनमा रहेको लेखक तथा निर्देशक शंकर अधिकारी घायलले बताएका छन् ।

मोहन गमलाको प्रस्तुतिमा यो फिल्ममा कालू पाण्डे शरदको निर्माण रहने छ । फिल्ममा विश्वास भण्डारीको छायांकन, राजन महर्जनको नृत्य निर्देशन, राजु किराँतको द्वन्द्व, विश्वास भण्डारी र अञ्जलि थापाको सम्पादन रहने छ ।

राजु पौड्याल, दीप्ति लामिछाने, प्रवेश लिम्बू, दुर्गा थापा, प्रतिभा राई, प्रेमा मगर, राजन महर्जन, विजय भुर्तेल, रोशन बिसीले यो फिल्ममा अभिनय गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार