आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • माओवादीले मुलुक हाँक्ने कुशल चालक बन्नुपर्छ : सहइन्चार्ज मल्ल
राजनीति

माओवादीले मुलुक हाँक्ने कुशल चालक बन्नुपर्छ : सहइन्चार्ज मल्ल

कर्णाली । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका सहइन्चार्ज कालीबहादुर मल्लले माओवादी मुलुक हाँक्ने कुशल चालक बन्नुपर्ने बताउनुभएको छ ।

माओवादी केन्द्र वीरेन्द्रनगर नगरपालिकाको सर्वसम्मत चयन भएको ६५ सदस्यीय पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा उहाँले माओवादी केन्द्र देशको कुशल चालक बने जनताले मुलुक हाँक्ने इजाजत दिने बताउनुभयो ।

अधिकार र उपलब्धि संस्थागत गर्ने अभिभारा माओवादीको काँधमा आइपुगेको मल्लको भनाइ थियो । उहाँले पार्टी निर्माणमा दत्तचित्त भएर लाग्न सबैलाई आग्रह गर्नुभयो ।

सो अवसरमा सहइन्चार्ज मल्लले नगर कमिटीका अध्यक्ष रत्न गाहा, उपाध्यक्षत्रय रतिमान सिंह, मदन पङ्गाली र पद्मा विष्ट, सचिव झङ्कराज काफ्ले, सहसचिव रमेश परियार, कोषाध्यक्ष बमु केसीलगायत पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

चर्चामा

सम्बन्धित समाचार