आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • पछिल्लो २४ घण्टामा २५९ मा कारोना सङ्क्रमण, एकको मृत्यु
Breaking News

पछिल्लो २४ घण्टामा २५९ मा कारोना सङ्क्रमण, एकको मृत्यु

काठमाडौँ, १३ मङ्सिरः पछिल्लो २४ घण्टामा मुलुकमा २५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सात हजार २३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ र दुई हजार ६५७ जनाको एन्टिजेन परीक्षण गर्दा १६ गरी कूल २५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या नौ लाख १६ हजार ६०९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २६४ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख दुई हजार ६५३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९४४ रहेका छन् । तीमध्ये ६ हजार ५४१ होम आइसोलेशनमा र ४०३ जना संस्थागत आइसोलेशनमा छन् । सङ्क्रमितमध्ये १५९ आइसीयू र ३७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यसैगरी १० वर्ष मुनिका सात बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ देखि २० वर्ष उमेर समूहका १७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२४ पुगेको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार