शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • कुरुती विरुद्ध नव गायिका अम्बिका विश्वकर्माको सांगीतिक प्रहार “मानिसले मानिस भई” सार्वजनिक
भिडिओ

कुरुती विरुद्ध नव गायिका अम्बिका विश्वकर्माको सांगीतिक प्रहार “मानिसले मानिस भई” सार्वजनिक

काठमाण्डौं । नेपाली मौलिक परिवेशलाई समेटेर तयार पारिएको “मानिसले मानिस भई” बोलको चेतना मुलक गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नव गायिका अम्बिका बिस्वकर्माको स्वर रहेको छ ।

समाजमा रहेको कुरिती र कुसस्कारमा अझै दलदल भएको छुवाछुत प्रथाको बारेमा गीतमा चित्रण गरिएको छ । समाजमा एकता र आपसी सदभाव कायम गर्नको लागी गीतमा सम्पुर्ण नेपालीमा आग्रह गरिएको छ । अम्बिका विश्वकर्माको शब्द तथा लय सिर्जनामा रहेको गीतमा अमृत ल्वागुनले एरेन्ज गरेका हुन ।

आशाकाजी श्रेष्ठको निर्देशनमा रहेको उक्त भिडियोलाई छायाकन र सम्पादन बिनोद कुमार बानियाले गरेको हुन भने भिडियोमा दिल कुमार लामा, सुनिता बिस्वकर्मा, पुजा बिस्वकर्मा र राम लामाको ससक्त अभिनय देख्न सकिन्छ । गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

चर्चामा

सम्बन्धित समाचार