आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • यस्ता व्यक्तिले भुलेर पनि नखानुस् गाईको दूध
स्वास्थ्य

यस्ता व्यक्तिले भुलेर पनि नखानुस् गाईको दूध

काठमाडौँ । गाई नेपालको राष्ट्यि जनाबर हो । यसलाई हामीले भगवानको रुपमा पुजा गर्ने गरिन्छ र नेपाली परम्पराअनुसार गाईको दूध अमृतसमान मानिन्छ । यसको दुध पुजा पाठमा पनि प्रयोग गरिन्छ गाईको दूध मात्र नभएर दही, घिउ, पिसाब र गोबरसमेत उपयोग गरिन्छ ।

हिन्दू धार्मिक मान्यताअनुसार गाईको पिसाबलाई गहुँत भनिन्छ, जुन मर्दापर्दा काम लाग्छ ।गाईको दूधमा ९० प्रतिशतसम्म पानी हुन्छ । जसले शरीरमा आवश्यक पानीको मात्रा पूरा गर्न सहयोग गर्छ ।

तर, गाईको दूध नवजात शिशुका लागि भने हानिकारक रहेको वैज्ञानिकहरू बताउँछन् । ठोस खानेकुरा खान नसक्ने बच्चाका लागि गाईको दूध विकल्पको रूपमा प्रयोग गरिन्छ । तर गाईको दूधमा आमाको दूधमा जस्तो आइरन हुँदैन ।

त्यसैले आमाको दूध खान नपाउने अवस्था आएमा बच्चालाई गाईको दूधसँगै आइरनयुक्त अन्य खानेकुरासमेत खुवाउँदा केही राम्रो हुन्छ । गाईको दूधले नवजात शिशुको श्वासप्रश्वास प्रक्रियामा असर पुर्‍याउँछ ।

चर्चामा

सम्बन्धित समाचार