शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • रुसको रोस्तोभमा आतंकवादी आक्रमणको प्रयास
समाचार

रुसको रोस्तोभमा आतंकवादी आक्रमणको प्रयास

मस्को, ३१ असार । रुसको संघीय सुरक्षा सेवाले मुलुकको दक्षिणी रोस्तोभ क्षेत्रमा इस्लामिक आतंकवादी संगठन (आइएस) ले तयार पारेको आक्रमणको प्रयासलाई बिफल बनाइएको जनाएको छ । आइएसले प्रहरीमाथि आक्रमणको योजना बनाएको दाबी गरिएको छ । उक्त कार्यमा तीन जना रुसी नागरिक नै संलग्न रहेको संघीय सुरक्षा सेवाले बताएको छ ।

सुरक्षा सेवाले जारी गरेको वक्तव्यमा उक्त आक्रमणकारी समूहका नेता सुरक्षा कारबाहीमा मारिएको जनाएको छ । अरु दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुसी अनुसन्धान संस्थाले उक्त घटनाका दोषीमाथि फौजदारी अभियोग दर्ता गर्नुका साथै थप अनुसन्धान कार्य अघि बढाएको छ । –सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार