मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • डिर्भोसको हल्लाका बिच अभिनेत्री प्रियंका चोपडा गर्भवती भएको खबले बलिउडमा हंगामा
मनोरञ्जन

डिर्भोसको हल्लाका बिच अभिनेत्री प्रियंका चोपडा गर्भवती भएको खबले बलिउडमा हंगामा

बलिउड तथा हलिउडको एकदमै पावर कपल प्रियंका चोपडा तथा निक जोनसको डिभोर्सको हल्लाले उनीहरुका फ्यानहरुलाई हैरान बनाई दिएको थियो । डिभोर्सको हल्लाका बीच नोभेम्बर २३ अर्थात हिजो नेटफ्लिक्समा जोनस ब्रदर्स फेमिली रोस्ट शो रिलिज भएको छ । फेमिली रोस्ट शो मा जोनसको ब्रदर्सको उनको पार्टनरले जोइन गराएकी थिईन् ।

यस दौरान प्रियंका चोपडाले पति निक जोनसलाई जमेर रोस्ट गरिन् । प्रियंका चोपडाले निक जोनसलाई रोस्ट गर्दै निक तथा आफ्नो बच्चाको बारेमा जोक मारेकी थिईन् । जसलाई सुनेर एकपलका लागि हरकोही हैरान भएका थिए । निक जोनस रोस्टको एक सेग्मेन्टको दौरानमा प्रियंकाले भनेकी थिईन् कि ठुलो भाईको बच्चा छ ।

केबिन जोनसको २ छोरीहरु तथा जो जोनसको पनि एक छोरी रहेको बताउँदै निकको परिवार हामी मात्र यस्तो कपल हो जसको बच्चा छैन भनेकी थिईन् । उनको कुरा सुनेर निकको स्वास पनि एक पलको लागि थामिएको थियो । प्रियंकाले भनिन्– हामी एक्लो यस्तो कपल हो जसको बच्चा छैन । यस कारण म यो घोषणा गर्नको लागि एकदमै उत्साहित छु ।

निक र म आशा गरिरहेका छौ तर केही सेकेण्ड रोकिएर प्रियंकाले अघि भन्छिन्– आज राती ड्रंक हुनका लागि र भोली सुत्नका लागि । उनको यो सस्पेन्स भनाई पछि सबै हाँस्छन् । निक समेत केही क्षणका लागि एकदमै आश्चर्यमा पर्छन् । रोस्टका दौरान प्रियंकाले निक तथा आफ्नो एज ग्यापको बिषयमा पनि रोस्ट हानेकी थिईन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै