मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • कतै तपाईको पेट पोल्ने, अमिलो डकार आउने त गर्दैन ? थाहा पाउनुस् कारण र उपचार
स्वास्थ्य

कतै तपाईको पेट पोल्ने, अमिलो डकार आउने त गर्दैन ? थाहा पाउनुस् कारण र उपचार

काठमाडौं । पेट पोल्ने समस्या हामी धेरैमा हुन सक्छ । सामान्यतया खाली पेटमा वा बिहान उठ्ने बित्तिकै धेरैलाई पेट पोल्ने र अमिलो पानी मुखसम्म आउने गर्दछ । खानपिन हामीले के खाना खान्छौं, कति मात्रामा लिन्छौ यसको सीधा असर हाम्रो पेटमा पर्न जान्छ ।

पेट पोल्ने कारणहरु धेरै भएपनि हामी धेरैलाई हुने मुख्य कारण भनेको ग्यास्ट्राइटिस, रिफल्क्स आदि नै हो । पेटमा बन्ने एसिडको मात्रा धेरै भएमा वा पेट भित्रको एसिडबाट बचाउ गर्ने तह कमजोर भएमा यसले पेट पोल्ने गराउँदछ । विविध खाने कुराका कारण एसिडिटी बढ्न जान्छ। समया खाना नखानु ।

धेरै समयसम्म खाली पेट बस्नु । पर्याप्त मात्रामा नसुत्नु । खाना खानासाथ सुत्नु। धुम्रपान, रक्सी सेवन गर्नु। चिकित्सकको सल्ला बिना औषधि सेवन गर्नु। धरै चिन्ता गर्नु । धेरै मसलादार, पिरो तथा तारेको खानु , जंगफुड मात्र खानु, चिया, कफि खानु, चिसो पेय पदार्थ, चुरोट सेवन , धेरै रक्सी पिउनु, समयमै खाना नखानु, राम्रोसँग नपाकेको खाना खानु, बासी खाना खानु, धेरै कम खाना खानु जस्ता हाम्रो जीवनशैलीका कारण उत्पन्न हुने समस्या हो।

कुनैबेला पेटबाट माथि खाना जाने नली हुँदै घाँटीसम्म एसिड पुग्ने भएकाले छाती पोल्ने र अमिलो पानी आउने पनि गर्दछ । पेटको अल्सर भएमा पनि यसले पेट पोल्ने समस्या देखिन सक्छ । खाना समयमा नखाने, अमिलो, पिरो, चिल्लो बढी खाने, धेरै मानसिक तनाव लिने आदि मानिसहरुमा यो समस्या धेरै देखिन सक्छ ।

मुखमा अमिलो पानी आउने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, दुब्लाउँदै जाने, खोकी लाग्ने, घाँटी दुख्ने, दातको रंग बिग्रने सामान्य खाली पेटमा पोल्ने, अमिलो पानी आउने समस्या ग्यास्ट्राइटिसबाटै हुने भएपनि लामो समयसम्म यो समस्या देखिएमा र औषधि सेवन पछि पनि सन्चो नभएमा भने पेटको इन्डोसकोपी गर्न सकिन्छ । यसबाट पेटमा अन्य कुनै समस्या भएको, हेलीकोब्याक्टर पाइलोरी भन्ने ब्याक्टेरियाको संक्रमण रहेको आदि थाहा पाउन सकिन्छ ।

पेट पोल्ने समस्याको उपचार भनेको यसको कारण पत्ता लगाएर त्यसको उपचार गर्नु नै हो । ग्यास्ट्राइटिस, रिफ्लक्स आदिको उपचारको निम्ति एसिड बन्न कम गर्ने वा बनिसकेको एसिडलाई निर्मलीकरण गर्ने विभिन्न औसधिको प्रयोग चिकित्सकको सल्लाह अनुसार प्रयोग गर्न सकिन्छ । पेट पोल्ने समस्या एकपटक सन्चो भएपनि फेरि बल्झिन सक्ने भएकाले खानपिनमा पनि विशेष ध्यान पुराउनुपर्छ ।

अमिलो, पिरो, चिल्लो खानेकुरा सकेसम्म नखाने, भोकै खालीपेट नबस्ने, बिहान उठेपछि प्रसस्त पानी पिउने, तौल घटाउने, रक्सी, चुरोट आदि सेवन नगर्ने, चिया, कफी आदि धेरै मात्रामा नपिउने, एकैचोटि धेरै भन्दा थोरै थोरै धेरैपटक खाने, सुत्नु करिब ३ घन्टा अगाडी नै खाना खाने । हाम्रो सन्देश

चर्चामा

सम्बन्धित समाचार

भर्खरै